१ प्रतिशत बिन्दुले घट्यो ब्याजदर

हिमाल प्रेस २९ वैशाख २०८० १३:१०
20
SHARES
१ प्रतिशत बिन्दुले घट्यो ब्याजदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको हो।

राष्ट्र बैंकले नीतिगत दर भने ७ प्रतिशतमा यथवात राखेको जनाएको छ। त्यस्तै ब्याजदर करिडोरअन्तर्गतका अन्य दरलाई यथावत् राखिएको पनि राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ८.५ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्द्धवार्षिक समीक्षादेखि नीतिगत दर ७ प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले गर्दा अन्तरबैंक ब्याजदरमा १.५ प्रतिशत बिन्दुले कमी आएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ। दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइएको छ।

मौद्रिक नीतिको समीक्षामा भनिएको छ, ‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुर्‍याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ।’

प्रकाशित: २९ वैशाख २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =