ब्याजदर र आम्दानीकाे तालमेल गरेर कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

हिमाल प्रेस २७ चैत २०८० १०:५०
8
SHARES
ब्याजदर र आम्दानीकाे तालमेल गरेर कर्जा प्रवाह गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीकाे तालमेल मिल्ने गरी कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै कर्जा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थालाई सूचित गराएको हो।

नियमित रूपमा निश्चित आम्दानी गर्ने व्यक्तिका लागि स्थिर ब्याजदरले आम्दानी र खर्चबीच तालमेल मिलाउन सहयोग पुग्ने राष्ट्र बैंकले उक्त सूचनामा उल्लेख गरेको छ। कर्जाको भुक्तानी अवधि निश्चित हुने र ब्याजदर भने परिवर्तनसँगै वा स्थिर हुने गरी कर्जाको कारोबार गर्न राष्ट्र बैंकको सूचनामा भनिएको छ।

बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जाजस्ता विभिन्न कर्जाहरू प्रस्ताव गरेका हुन्छन्। यसरी मागिएको कर्जामा बैंक तथा वित्तीय सस्थाले मनपरी कर्जा दिँदै अहिलेको समस्या देखिएको बैंकको बुझाइ छ।

स्थिर ब्याजदर तोकिएको अवधिभर परिर्वतन गर्न नपाइने र परिवर्तनीय ब्याजदर आधार दरमा भएको परिवर्तनअनुसार हरेक महिना परिवर्तन हुन सक्ने तर प्रिमियम दरमा कुनै परिवर्तन गर्न नपाइने राष्ट्र बैंकमा सूचनामा भनिएको छ।

ग्राहकहरूले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर तोकिएको छ। प्रिमियम दर कति लागू हुँदैछ भन्ने विषयमा पूर्ण जानकारी लिन समेत सूचनामा बताइएको छ।

प्रकाशित: २७ चैत २०८० १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =