नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिनु हुँन्न : सचेतक बर्तौला

हिमाल प्रेस २७ वैशाख २०८० १७:२०
2
SHARE
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई उन्मुक्ति दिनु हुँन्न : सचेतक बर्तौला महेश बर्तौला

काठमाडौँ- नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताएका हुन्।

सो प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको उनले बताए। उनले यस प्रकरणमा आरोपित एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियामा सघाउन आग्रह गरे।

निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने उनको भनाइ थियो। ‘भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो भएको छ,’ उनले भने, ‘यस्तो दुष्कर्म गर्ने जोसुकैलाई पनि कडाभन्दा कडा कारबाही गरिनुपर्छ।’

प्रकाशित: २७ वैशाख २०८० १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =