प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ : सांसद श्रेष्ठ

हिमाल प्रेस २७ वैशाख २०८० १३:४८
6
SHARES
प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ  : सांसद श्रेष्ठ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)की सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उनले हिजो झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गरेका हुन्।

‘प्रदेश नं १ को नामकरण भएदेखि पहिचानवादीहरू आन्दोलनमा भएको कुरा विदितै छ, कोशी नामकरण संघर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापा दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो, शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ, मानिसहरू घाइते भएको छन्’, उनले भने।

सांसद श्रेष्ठले आन्दोलनका क्रममा १९ राउन्ड अश्रुग्यास, पाँच राउन्ड डोमिफायर र पाँच राउन्ड र बरबुलेट फायर हुँदा आन्दोलनकारी घाइते भएका हुन्।

घाइते हुने निर्मला बराल र गजेन्द्र फागु लिम्बू छन्। गजेन्द्र फागु लिम्बूको देब्रे खुट्टामा गोली लागेको छ। उनीहरूको दमकमा उपचार भइरहेको छ। प्रहरीतर्फ पनि १० जना घाइते भएका छन्।

प्रकाशित: २७ वैशाख २०८० १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =