नाम र चुनाव चिह्न फेर्दै राप्रपा नेपाल

हिमाल प्रेस २७ वैशाख २०८० ९:३३
304
SHARES
नाम र चुनाव चिह्न फेर्दै राप्रपा नेपाल फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालले नाम र चुनाव चिह्न फेर्ने तयारी गरेको छ। यसका लागि पार्टीले जेठ ९ र १० गते जिल्ला अध्यक्षसहित केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ।

बैठकमा पार्टीको नाम, चुनाव चिह्न, सैद्धान्तिक, वैचारिक पक्ष र भावी रणनीतिका विषयमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले बताए। ‘पार्टी प्रजातान्त्रिक ढंगले चल्ने हुँदा सबै विषयमा छलफल हुन्छ, विचार र बहस हुन्छ, निषेधको राजनीतिक हुँदैन,’ उनले भने।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन्। महामन्त्रीहरू भास्कर भद्राले सचिवालय, सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले संगठनसम्बन्धी र केशव श्रेष्ठले स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन पेस गर्नेछन्।

कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन, प्रदेश अध्यक्षहरूले प्रदेशको प्रतिवेदन र जनवर्गीय संगठन प्रमुखहरूले ६ महिने कार्ययोजना बैठकमा प्रस्तुत गर्नेछन्।

बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिवेदनहरू बैठकअघि कार्यसम्पादन समितिमा प्रस्तुत गरेर पारित गरिने सचिवालय प्रमुख एवं महामन्त्री भद्राले बताए।

राजनीतिक खेल हारेका कमल थापा

प्रकाशित: २७ वैशाख २०८० ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =