पाल्पामा आगलागीबाट ४ घर जले

हिमाल प्रेस २६ वैशाख २०८० २२:०१
2
SHARE
पाल्पामा आगलागीबाट ४ घर जले

काठमाडौँ- पाल्पाको रामपुर नगरपालिका-९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेका छन्। मंगलबार दिउँसो करिब ३ बजेको समयमा गाउँभन्दा तल रहेको जंगलबाट लागेको आगो सल्केर घर जलेका हुन्।

मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरूपमा जलेर नष्ट छन्। त्यस्तै भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ। आगलागीबाट मानवीय क्षति भएको छैन। सात बाख्रा, एक बंगुर मरेको स्थानीयले बताएका छन्।

घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए। स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। चारैतिर जंगल र बीचमा बस्ती भएकाले आगो अन्यत्र पनि फैलने जोखिम छ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्दै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताए।

जंगलमा आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको छ। आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उनकी बुहारी लक्ष्मी साठीघरे घाइते भएक छन्। घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको बताएको छ। आगलागीबाट के कति क्षति भयो त्यसको पूर्णविवरण संकलन भइरहेकोछ। रासस

प्रकाशित: २६ वैशाख २०८० २२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =