अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति खुकुलो पार्छौँ : अर्थमन्त्री महत

हिमाल प्रेस २६ वैशाख २०८० १३:४७
6
SHARES
अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति खुकुलो पार्छौँ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जबाफ दिँदै उनले अर्थतन्त्रलाई चलायमान बनाउन समयमै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढ्ने नीति अवलम्बन गरिने बताएका हुन्।

उनले समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने बताए। मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर र गम्भीर भएर लाग्ने बताए।

उनले अर्थतन्त्रको वर्तमान स्थितिलाई मध्यनजर गरेर बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए।

प्रकाशित: २६ वैशाख २०८० १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =