‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २५ वैशाख २०८० १३:५३
4
SHARES
‘ए साथी सुन’को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘ए साथी सुन’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सिताराम पिक्चरर्स युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरेका हुन्।

फिल्म आगामी जेठ ५ गतेदेखि देशभर प्रदर्शन हुनेछ। लभस्टोरी, थ्रीलर र कमेडी जनरामा बनेको फिल्म लेखक र निर्देशन राम राघव आचार्यले गरेका छन्।

फिल्ममा वर्षा शिवाकोटी र रमेश बानियाँ मुख्य भूमिकामा छन्। उनीहरूसहित फिल्ममा आयन खड्का, स्व.जयनन्द लामा, सुशील पोखरेल, रमेश अधिकारी, बिमला गिरी, बाल कलाकार कृष्मा खड्का र इभान सञ्जेलको अभिनय छ। फिल्म बिना कार्की र सन्तोषकुमार राईको संयुक्त लगानीमा बनेको छ।

प्रकाशित: २५ वैशाख २०८० १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =