शरणार्थी प्रकरणबारे अधिकार सम्पन्न आयोग बनाई छानबिन गर्न सांसद केसीको माग

हिमाल प्रेस २५ वैशाख २०८० ११:४६
4
SHARES
शरणार्थी प्रकरणबारे अधिकार सम्पन्न आयोग बनाई  छानबिन गर्न सांसद केसीको माग फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जनुनरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीश संयोजकत्वमा अधिकार सम्पन्न आयोग गठन गरी निष्पक्ष र पारदर्शी ढंगले छानबिन गर्न माग गरेका छन्।

उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै यस्तो माग गरेका हुन्।

उनले भने, ‘यो काण्डले राष्ट्रलाई लज्जित बनाएको छ। जो जहाँ जुनसुकै पदमा भएमा भए पनि कारबाही हुनुपर्छ।’

नेता केसीले विगतमा बंगलादेश, पाकिस्तान, दक्षिण अफ्रिकालगायतका मुलुकमा राष्ट्रपति वा प्रधानमन्त्री भ्रष्टाचारमा मुछिँदा कारबाही भएको उदाहरण दिँदै नेपालमा पनि यसरी नै छानबिन गर्नुपर्नेमा जोड दिएका हुन्।

प्रकाशित: २५ वैशाख २०८० ११:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =