पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व : ओली

हिमाल प्रेस २२ वैशाख २०८० १२:१८
4
SHARES
पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व : ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको बताएका छन्। बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन प्रयास गर्नुपर्ने बताएका हुन्।

उनले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्गमस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताए। ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो। यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो। यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ,’ उनले भने।

प्रकाशित: २२ वैशाख २०८० १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =