सत्ता गठबन्धनको स्वार्थ छैन, एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्दैन : केपी ओली

हिमाल प्रेस १६ चैत २०८० ६:४३
4
SHARES
सत्ता गठबन्धनको स्वार्थ छैन, एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्दैन : केपी ओली

झापा- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन स्वार्थसिद्धिका लागि गरिएको नभएको दाबी गरेका छन्। उनले नेपाली कांग्रेससँग एमालेले सहकार्य नगर्ने पनि स्पष्ट पारे।

ओलीले सरकारमा सामेल दलहरू मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए। नेकपा एमाले झापाको ११औँ जिल्ला अधिवेशनको बिहीबार विर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए।

समीकरणमा सामेल दलहरूले जारी गरेको साझा संकल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट उल्लेख रहेको उनले स्मरण गराए। उनले यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे।

उनले एमाले र कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरूबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे। ‘अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्। चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन्। दुबै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन,’ उनले भने।

उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए।

प्रकाशित: १६ चैत २०८० ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =