उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्दै

हिमाल प्रेस १९ वैशाख २०८० ७:५६
2
SHARE
उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गर्दै

काठमाडौँ- बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

यादवलाई सभामुख देवराज घिमिरेले शपथ गराउनेछन्। यादवको शपथ मंगलबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

यसअघि वैशाख १५ मा रास्वपाका सांसदहरू रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका थिए। त्यस दिन यादव अनुपस्थित रहँदा उनको शपथ ग्रहण सरेको थियो।

प्रकाशित: १९ वैशाख २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =