एमालेकी पूर्वसांसद गुलेफुन खातुन जेल चलान

हिमाल प्रेस १५ वैशाख २०८० १९:५०
150
SHARES
एमालेकी पूर्वसांसद गुलेफुन खातुन जेल चलान

काठमाडौँ- काठमाडौँ- कोशी प्रदेशकी पूर्व प्रदेशसभा सदस्य गुलेफुन खातुन जेल चलान भएकी छन्। सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दामा अदालतबाट दोषी ठहर भएसँगै उनी जेल चलान भएकी हुन्। उनी नेकपा एमालेबाट समानुपातिकतर्फबाट सांसद भएकी थिइन्।

फरार सूचीमा रहेकी उनी शुक्रबार आफैँ जिल्ला अदालत मोरङमा उपस्थित भएपछि उनलाई आवश्यक कारबाहीको लागि कारागार चलान गरिएको हो।

सरकारी सहीछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो।

खातनुले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दिएकी थिइन्। तर, उच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरिदिएको थियो।

मोरङको साविक कदमाह गाउँ विकास समिति वडा नम्बर २ (हाल कटहरी–९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक रहेकोमा खातुनले तीन बिगाह १० कट्ठा मोही जग्गा पाउन भन्दै २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन्।

प्रकाशित: १५ वैशाख २०८० १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =