लुम्बिनीका मुख्यमन्त्री चौधरीसहित ३ मन्त्रीले लिए शपथ

हिमाल प्रेस १५ वैशाख २०८० १२:५४
4
SHARES
लुम्बिनीका मुख्यमन्त्री चौधरीसहित ३ मन्त्रीले लिए शपथ

लुम्बिनी- लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त डिल्लीबहादुर चौधरीसहित ४ मन्त्रीले शपथ लिएका छन्।

शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले कांग्रेसका मुख्यमन्त्री चौधरीसहित माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री चौधरी दाङ ३(१) बाट निर्वाचित भएका हुन्।

मास्की नेकपा माओवादीबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २, पाण्डे लोसपाबाट रुपेन्देहीको क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र १ र चौधरी नागरिक उन्मुक्तबाट बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट गत मंसिर ४ मा निर्वाचित भएका थिए।

तीनजना नै मन्त्री विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्। मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने र थप मन्त्री बनाउनेबारे पछि छलफल गरी निर्णयमा पुग्ने चौधरीको तयारी छ।

प्रकाशित: १५ वैशाख २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =