अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्नु गलत : गगन थापा

हिमाल प्रेस १४ वैशाख २०८० १९:१९
60
SHARES
अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्नु गलत : गगन थापा फाइल तस्बिर।

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अयोग्य लडाकुलाई रकम बाँड्ने गरेको निर्णयप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले राज्यकोषबाट अयोग्य लडाकुहरूलाई रकम बाड्ने सरकारको निर्णय गलत रहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि अयोग्य लडाकुलाई रकम उपलब्ध गराउने निर्णय गरेकोप्रति थापाले आपत्ति जनाएका हुन्।

‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधीन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानुन बनाई संक्रमणकालीन न्यायको कामलाई शीघ्र टुंग्याउन केन्द्रित होस्।’

प्रकाशित: १४ वैशाख २०८० १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =