बारा : २ मा करिब ६० प्रतिशत मत खस्यो

हिमाल प्रेस १० वैशाख २०८० १८:३९
6
SHARES
बारा : २ मा करिब ६० प्रतिशत मत खस्यो

बारा– प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत बारा २ मा करिब ६० प्रतिशत मदतान सम्मन्न भएको छ। आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको निर्वाचन आयोगले जनाएको छ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार बारा २, चितव २ र तनहुँ २ मा औसतमा ५९ दशमलव ६६ प्रतिशत मतदान भएको देखिएको आयोगले जानकारी दिएको छ।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ।

मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आइतबार आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरूपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरूपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए।

प्रकाशित: १० वैशाख २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =