कृतिमाथि अन्याय भयो, गायक सपुतले क्षमा माग्‍नुपर्छ : पारिजात स्मृति केन्द्र

हिमाल प्रेस १० वैशाख २०८० १५:३३
6
SHARES
कृतिमाथि अन्याय भयो, गायक सपुतले क्षमा माग्‍नुपर्छ : पारिजात स्मृति केन्द्र

काठमाडौँ– गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ सार्वजनिक भएयता विवादमा छ। बजारमा आएदेखि गीतले विरोध र समर्थन खेपिरहेको छ। सामाजिक सञ्जालमा गीतको पक्ष र विपक्षमा धेरैले अभिव्यक्ति दिइरहेका छन्।

साहित्यकार पारिजातद्वारा लिखित ‘शिरीषको फूल’ र त्यसका दुई पात्र ‘सकम्बरी’ र ‘सुयोगबीर’को नाम गीतको भिडियोमा राखिएकोमा पारिजात स्मृति केन्द्रले गम्भीर आपत्ति जनाएको छ।

केन्द्रले प्रेस विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको छ। ‘साहित्यकार पारिजातद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगबीर नाम दिनु र शिरिषको फूल पुस्तकसमेत देखाउनुलाई संयोगमात्र मान्ने अवस्था देखिएन,’ विज्ञप्तिमा उल्लेख छ।

यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्न केन्द्रसँग कुनै स्वीकृति नलिएको केन्द्रले खुलाएको छ। ‘यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको छ,’ पारिजात स्कृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले भने, ‘पारिजात स्वयम् नारी सशक्तीकरणका लागि लड्नु भएको व्यक्तित्व हुो। महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिनु अप्रासंगिक छ।’

पारिजातको कृतिमाथि अन्याय भएको र उनको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ। स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रहिआएको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको भन्दै गायक प्रकाश सपूतलाई क्षमायाचना गर्न तथा त्यस्ता दृश्य सच्याउने माग केन्द्रको रहेको छ।

प्रकाशित: १० वैशाख २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =