गोविन्द भट्टराईलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु : प्रचण्ड

हिमाल प्रेस ६ वैशाख २०८० १७:३६
54
SHARES
गोविन्द भट्टराईलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ का कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन्। आज बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गर्दै यस्तो आश्वासन दिएका हुन्।

‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो। अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु’ उनले भने, ‘‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह हामी सबैको साझा चिन्ह भइसकेको छ।’

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै रिक्त रहेको ठाउँमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: ६ वैशाख २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =