कांग्रेसका एनपी साउदले लिए परराष्ट्रमन्त्रीको शपथ

हिमाल प्रेस ३ वैशाख २०८० १५:४७
64
SHARES
कांग्रेसका एनपी साउदले लिए परराष्ट्रमन्त्रीको शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन्। आज पराष्ट्रमन्त्री नियुक्त भएका उनले आजै राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। साउद यसअघि शिक्षा राज्यमन्त्री र सिंचाइमन्त्री बनेका थिए।

२०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ सचिव भएर राजनीति सुरु गरेका साउद २०४१ सालमा नेविसंघङ्को केन्द्रीय सदस्य नियुक्त भए। २०४८ मा नेविसंघको केन्द्रीय अध्यक्ष बने।

२०५१ सालको मध्यावधि निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा पराजित भएका थिए। २०५६ सालमा भने उनी कन्चनपुरबाट निर्वाचित भए र शिक्षा राज्यमन्त्री बने। २०५९ सालमा शेरबहादुर देउवा नेतृत्वमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनेपछि साउद पनि देउवासँगै लागे। त्यसबेला उनी केन्द्रीय सदस्य भए।

२०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा उनले केन्द्रीय सदस्य पद नै पाएका थिए। त्यसयताका महाधिवेशनमा उनी लगातार केन्द्रीय सदस्यमा निर्वाचित भइरहेका छन्।
२०६४ सालको निर्वाचनमा पराजित साउद २०७० को निर्वाचनमा भने निर्वाचित बने र सिंचाइमन्त्री बने। २०७४ मा निर्वाचन हारे। २०७९ को मंसिरमा सम्पन्न निर्वाचनमा भने उनी निर्वाचित बने र आज परराष्ट्रमन्त्री नियुक्त भए।

आज प्रधानमन्त्रीले आठौँपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रकाशित: ३ वैशाख २०८० १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =