सिंहदरबारभित्रको फोहोर नउठाएर बालेनले जनस्वास्थ्यमाथि खेलवाड गरे : सञ्चारमन्त्री

हिमाल प्रेस ३० चैत २०७९ १७:१५
10
SHARES
सिंहदरबारभित्रको फोहोर नउठाएर बालेनले जनस्वास्थ्यमाथि खेलवाड गरे : सञ्चारमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलवाड गरेको बताएकी छन्।  आज बिहीबार मन्त्रिपरिषद्‍ बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्।
गर्मीको समयमा त्यसरी फोहोर नउठाउनाले आम जनताको स्वास्थ्यमा असर पर्ने भन्दै यस्तो गर्नु राम्रो नभएको उनको भनाइ छ।

कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हड्ताल गर्नु गलत भएको शर्माको टिप्पणी छ। मन्त्री शर्माले उनले संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा छलफल गर्नुपर्ने बताइन्।

‘स्थानीय तह पनि सरकार हो। त्यसले संविधान पनि बुझ्नुपर्छ। त्यसले नीति पनि बुझ्नुपर्छ। कानुन पनि बुझ्नुपर्छ र त्योअनुसार चल्नुपर्छ। हाम्रो कयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानूनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुनसक्छन्’ उनले भनिन्।

संविधानमा एकल अधिकार क्षेत्रभित्रमा फोहोर व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने उल्लेख भएको उनको भनाइ छ।
‘यसरी फोहोर रोक्नु जनस्वास्थ्यमाथिको खेलवाड पनि ठहर्छ। यो विषय यसरी होइन, संघीय सरकारले सहजीकरण गरेर टुंग्याउनुपर्ने विषयमा त छलफल गर्नुपर्‍यो। उहाँले भनेको विषय टुंगिएन भनेको अर्थमा जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन। त्यो गर्न हुँदैन,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाको मेयरजस्तो मान्छेले संविधान बुझ्नुभएन, कानुन बुझ्नु भएन, सरकार सञ्चालन ऐन बुझ्नुभएन भन्न हामी सक्दैनौँ। त्यो उहाँले बुझ्नुभएको छ। बुझ्नुपर्छ। र त्यसको दृढतापूर्वक कार्यान्वयन पनि गर्नुपर्छ भन्ने कुरा नै हाम्रो कुरा हो।’

प्रकाशित: ३० चैत २०७९ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =