ढाकाकुमार श्रेष्ठको रास्वपाको साधारण सदस्यता खारेज, सांसद पद खारेजीको प्रक्रिया सुरु

हिमाल प्रेस २९ चैत २०७९ १९:२७
128
SHARES
ढाकाकुमार श्रेष्ठको रास्वपाको साधारण सदस्यता खारेज, सांसद पद खारेजीको प्रक्रिया सुरु फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेले पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय भएको जानकारी दिएका छन्। आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै सांसद पद पनि खारेजीको लागि संसद् र निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको हो।

व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएको थियो। सो विषयले रास्वपा विवादमा तानिएको थियो।

उनीमाथि कारबाहीको लागि रास्वपाले अनुशासन समितिलाई छानबिनको जिम्मा दिएको थियो। अनुशासन समितिको प्रतिवेदनकै आधारमा उनीमाथि कारबाही गरिएको बताइएको छ। ढाकाकुमारले कोर टिमलाई रकम बुझाउनुपर्छ भनेको विषयमा पत्रकारको जवाफ दिँदै लामिछानेले पार्टीको नीति नै भ्रष्टाचारको विरोध भएकोले त्यसलाई पुष्टी गर्न चुनौती दिए।

‘तथ्यसहित सार्वजनिक भए कोर टिम वा जो जो भए पनि कारबाही हुन्छ’ लामिछानेले भने। लामिछानेले यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि पार्टीले सदैव सहयोग गर्ने पनि बताए।

उनले कोर टिम कसलाई भनिएको भन्नेबारे स्पष्ट जानकारी आएपछि जानकारी बोल्ने लामिछानेको भनाइ छ। लामिछानले श्रेष्ठले विभिन्न बयानमा स्वीकार गरेको पुष्टी भएको पनि बताए। ‘उहाँका विभिन्न कुराका आधारमा उहाँले नै कुरा गरेको पुष्टी हुन्छ। उहाँले त पार्टी नै सिध्याइदिन्छु जस्तो कुरा पनि गर्नु भएको थियो,’ उनले भने, ‘यसले पनि उहाँले नै कुरा गरेको हो भन्ने पुष्टी भयो।’

उनले अभियानको क्रममा जोडिएको भ्रष्ट मनसाय भएको व्यक्तिहरू आफैँ हट्दै जाने पनि बताए।

‘समाजको स्वरुप जस्तो थ्यो त्यस्तै भएको हो। हामीसँग जोडिएका कयौँ साथीहरू को कस्तो भन्ने थाहा थिएन। एक अर्कालाई नचिन्दै अभियानमा जोडिएका हौँ,’ उनले भने, ‘हाम्रो उद्देश्य पुरा गर्ने क्रममा कतिपय मानिसहरू सँगै हुन्छन्। स्वार्थ्य बोक्नेहरू बीचमै छुट्टिन्छन्।’

उनले सम्भवत नेपालको इतिहासमा मुद्दाको छानबिन गरी कारबाही गरेको पनि दाबी गरे।

प्रकाशित: २९ चैत २०७९ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =