प्रचण्डले अब पार्टी कार्यालयमा मात्रै कार्यकर्ता भेट्ने

हिमाल प्रेस २९ चैत २०७९ ७:५४
2
SHARE
प्रचण्डले अब पार्टी कार्यालयमा मात्रै कार्यकर्ता भेट्ने फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादी केन्द्रका मन्त्रीहरूले अबदेखि नेता र कार्यकर्ता पार्टी कार्यालयबाट मात्रै भेट्ने भएका छन्।

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले पार्टी अध्यक्ष एवम् दलको नेता प्रचण्डको समेत परामर्शमा यस्तो नीति ल्याएका हुन्।

मंगलबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्रीले भेट्ने समय कार्यतालिका निर्धारण गरेर निर्णय गरिएको हो।

प्रधानमन्त्री निवाससहित प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि नेता र कार्यकर्ता भेट्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट मात्रै व्यवस्था गरिएको सांसद नारायणी शर्माले बताइन् ।

प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो २ बजेदेखि ४ बजेसम्मको समय व्यवस्था गरिएको शर्माले बताइन्।

बिहान १० बजेदेखि २ बजेसम्म मन्त्रालयको काम कारबाहीमा समय दिने, दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टी नेता कार्यकर्तालाई भेट्न समय दिनुपर्ने र त्यसपछिको समय निमन्त्रणा गरिएका संघ संस्थाका व्यक्तिलाई भेट्ने कार्यतालिका बनाएको छ।

पार्टी नेता र कार्यकर्तालाई सिंहदरबारमा भेट्न समस्या भएकाले यस व्यवस्थाले सहज ल्याउने बताएको छ।

प्रकाशित: २९ चैत २०७९ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =