‘हिमाल सफाइ अभियान २०२३’ मा कोका-कोलाको सहयोग

हिमाल प्रेस २३ चैत २०७९ २१:१९
2
SHARE
‘हिमाल सफाइ अभियान २०२३’ मा कोका-कोलाको सहयोग

काठमाडौँ- नेपाली सेनोको नेतृत्वमा थालिएको ‘हिमाल सफाइ अभियान २०२३’मा कोका-कोलाले सहयोग गरेको छ। ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना गरिएको हिमाल सरसफाई अभियानको चौथो संस्करणमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको हो।

अन्य सरोकारवाला पनि सहभागी रहेको उक्त अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्म सबैभन्दा ठूलो दाता बनेको कोका–कोला कम्पनीले जानकारी दिएको छ।

हिमाल सफाई अभियानमा पर्वतारोहीहरूले छाडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरिनछ। सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाई गर्ने उद्देश्य अभियानको छ।

चैत १४ देखि आगामी जेठ २२ गतेसम्म सञ्चालन हुने अभियानमा ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिइएको छ। संकलित सबै फोहोर उचित व्यवस्थापनका लागि रि-साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिने नेपाली सेनाले जानकारी दिएको छ।

कोका-कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुको साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरू प्रदान गर्ने भएकाले हिमाल सफा राख्न अनिवार्य रहेको बताए।

जलवायु परिवर्तन विशेष गरी पहाडहरूमा तीव्र रहेकाले त्यसलाई बचाउने काम गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २३ चैत २०७९ २१:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =