पानी संरक्षणसम्बन्धी कोका-कोलाका ४ परियोजना सार्वजनिक

हिमाल प्रेस २५ वैशाख २०८० १७:१३
2
SHARE
पानी संरक्षणसम्बन्धी कोका-कोलाका ४ परियोजना सार्वजनिक

काठमाडौँ- कोका-कोला नेपालले वर्ष २०२३/२४का लागि नयाँ परियोजना सार्वजनिक गरेको छ। कम्पनीले ‘वाटर स्टेवार्डसिप’को हिस्साको रूपमा बाईसधारास्थित बालाजु पार्कको पुनरुत्थानलगायतका योजना सार्वजनिक गरेको हो।

कम्पनीले बालाजु पार्कको पुनरुत्थान, पोखरा र भरतपुरमा ‘रेन वाटर हार्वेस्टिङ’ र ग्राउन्ड वाटर रिचार्ज परियोजना सार्वजनिक गरेको हो। पानी भण्डारणमा केन्द्रित परियोजनाहरू कोका-कोलाको २०३० जल सुरक्षा रणनीतिअनुसार ल्याइएको कम्पनीको भनाइ छ।

पानीको पुनःपूर्तिका लागि कोका–कोला बेभरेज नेपालले वाटरएड नेपालको प्राविधिक सहयोगमा उक्त परियोजनाहरू सार्वजनिक गरिएको हो। त्यसका लागि सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्टसँग सहकार्य गरिएको छ।

बाईसधारा–बालाजु पार्कमा रहेका सुकेका ढुंगे धाराहरूलाई पुन प्रयोगमा ल्याउन मद्दत गर्न र ग्राउन्ड वाटर रिचार्ज परियोजनाका लागि सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्टसँग सहकार्य गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार परियोजनामा रिचार्ज ट्रेन्च (रेन गार्डेन), २१ वटा रिचार्ज इनार, ढलान र सतहभन्दा मुनि ड्रेनेजको काम समावेश छ। परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार किलोलिटर पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ। यसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

प्रकाशित: २५ वैशाख २०८० १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =