कोका–कोलाको ‘सक्षम २’ घोषणा, एक हजार महिलालाई डिजिटल सीप सिकाउने

हिमाल प्रेस २४ फागुन २०७९ २०:३६
2
SHARE
कोका–कोलाको ‘सक्षम २’ घोषणा, एक हजार महिलालाई डिजिटल सीप सिकाउने

काठमाडौँ- महिला सशक्तीकरण र लैंगिक समानताले समाजको विकास गर्न सकिने भन्दै कोका–कोलाले ‘सक्षम २’ घोषणा गरेको छ। कम्पनीले गतवर्षको ‘सक्षम कार्यक्रम’मा सफलता पाएकाले ‘सक्षम २’ सञ्चालन गर्ने घोषणा गरेको हो।

कार्यक्रम अन्तर्गत किराना पसल तथा खाजा घरसम्बन्धी व्यवसाय गर्दै आएका एक हजार जना महिलालाई डिजिटल तालिम दिने लक्ष्य दिने लक्ष्य कम्पनीले लिएको छ। ‘महिला व्यवसायीहरूलाई एक दिने तालिम मार्फत व्यवसाय सञ्चालन एवम अन्य आवश्यक सीपहरू सिकाई सुदृढ एवम सशक्त गर्ने उद्देश्यले सक्षम २ को सुरुवात गरिएको हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले गतवर्षको ‘सक्षम’ कार्यक्रममार्फत काठमाडौँ उपत्यका र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीपसम्बन्धी तालिम दिएको थियो। ‘उक्त कार्यक्रम मार्फत एक हजारभन्दा बढी महिला व्यवसायीहरूले आफ्ना सहकर्मीबाट सिक्ने तथा व्यवसायसम्बन्धी चुनौती र अवसरहरू पहिचान गरी आफ्नो व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै आएका छन्,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

महिला व्यवसायीहरूको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोगसम्बन्धी क्षमता निर्माण गर्न ‘सक्षम २’ को डिजाइन गरिएको कम्पनीले बताएको छ।

प्रकाशित: २४ फागुन २०७९ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =