‘एक्सिलेरटर’ र ‘मेन्टर्सिप’ कार्यक्रममार्फत उद्यमी महिलालाई सहयोग गर्दै कोकाकोला

हिमाल प्रेस २४ असार २०८० १७:४७
‘एक्सिलेरटर’ र ‘मेन्टर्सिप’ कार्यक्रममार्फत उद्यमी महिलालाई सहयोग गर्दै कोकाकोला

काठमाडौँ- कोकाकोला नेपालले ‘मेन्टर्सिप’ कार्यक्रममार्फत नेपाली महिला उद्यमीलाई सहयोग गर्ने भएको छ। कम्पनीले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी ‘एक्सिलेरटर’ र ‘मेन्टर्सिप’ कार्यक्रममार्फत महिला उद्यमीलाई सशक्तीकरण गर्न लागेको हो।

कम्पनीले नेपालमा सञ्चालन गरेको ‘सक्षम’ कार्यक्रमअन्तर्गत महिला उद्यमीलाई सशक्तीकरण गर्दै आएको बताएको छ। सक्षम कार्यक्रमअन्तर्गत महिलाहरूले सञ्चालन गरेका स्टार्टअप तथा सम्भावित स्टाटअपहरूलाई सहयोग र मार्गदर्शन गरिँदै आएको कम्पनीको भनाइ छ।

यसअघि युवा महिला उद्यमीका लागि गत अप्रिलमा आवेदन माग गर्दा काठमाडौँ, पोखरा र चितवनका उत्साही महिला उद्यमीहरूबाट राम्रो प्रतिक्रिया आएको कम्पनीले जानकारी दिएको छ।

आवेदकहरूबाट आठ ‘फाइनलिस्ट’हरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको कम्पनीको भनाइ छ।

कोकाकोला कम्पनी नेपालका डाइरेक्टर आदर्श अवस्थीले ‘सक्षम’ कार्यक्रमले नेपालको गतिशील उद्यमशीलता परिदृश्यमा लैंगिक समानता र महिला सशक्तीकरणका लागि जोड दिइएको बताए।

प्रकाशित: २४ असार २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =