सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक समारोहमा सत्तागठबन्धनका शीर्ष नेताहरू [तस्बिरमा हेर्नुस्]

दिपेश श्रेष्ठ २३ चैत २०७९ १८:४९
18
SHARES
सरकारको न्यूनतम कार्यक्रम सार्वजनिक समारोहमा सत्तागठबन्धनका शीर्ष नेताहरू [तस्बिरमा हेर्नुस्]

काठमाडौँ– सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आयोजित विशेष समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यक्रमका सबै बुँदा पढेर सुनाइन्।

सो कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता एवम् शिक्षामन्त्री अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का वरिष्ठ नेता एवम् श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सत्ता गठबन्धनका शीर्ष नेताहरू उपस्थित छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =