कोशीमा एमालेलाई समर्थन गरेका दललाई तत्काल सरकार छोड्न कांग्रेसको आग्रह

हिमाल प्रेस ४ जेठ २०८० १८:५२
8
SHARES
कोशीमा एमालेलाई समर्थन गरेका दललाई तत्काल सरकार छोड्न कांग्रेसको आग्रह

इटहरी– कोशी प्रदेशमा सरकार परिवर्तनको कसरत गरिरहेको नेपाली कांग्रेसले केन्द्रीय सत्तागठबन्धनअनुसार प्रदेशमा सरकार गठन हुनुपर्ने बताएको छ।

बिहीबार बसेको कांग्रेसको बैठकले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकारमा सहभागी रहेका माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिन आग्रह गरेको हो।

कोशी प्रदेशसभामा ९३ सदस्य छन्। तर कुनै दलसँग एकल बहुमत छैन। प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। केन्द्रमा यी दलहरूमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन्। तर, कोशीमा भने पुरानै गठबन्धनको सरकार छ।

यसैबीच कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूलाई ल्यापटप दिने कुराप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ। बैठकले प्रदेश सरकार, प्रदेश सभा सचिवालयद्वारा प्रदेशसभा सदस्यलाई वितरण गर्नका लागि १ करोड ५० लाखको ल्यापटप नलिने निर्णय गरेको छ। ल्यापटपमा खर्च हुने रकम जनहितका कामका लागि विनियोजन गर्न पनि बैठकले आग्रह गरेको छ।

प्रदेश नामकरणपछि प्रदेशमा उत्पन्न भएको परिस्थितिलाई सम्बोधन गर्न तत्काल वार्ता समिति निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय भएको पार्टीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =