संसद् बैठक सञ्‍चालन गर्न तीन दलबीच सहमति

हिमाल प्रेस २४ असार २०८० १३:३७
16
SHARES
संसद् बैठक सञ्‍चालन गर्न तीन दलबीच सहमति

काठमाडौँ– सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसद् बैठक सञ्चालन गर्न सहमति भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा यस्तो सहमित जुटेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेपालको प्रधानमन्त्री बन्न नयाँ दिल्लीको हात हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि एमालेले संसद्‍मा निरन्तर अवरोध गर्दै आएको छ।

संसद् बैठकको अवरोध हटाउनकै लागि सत्तारूढ दलका शीर्ष नेताहरूबीच आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलले सत्तापक्षले प्रतिपक्षीसँग वार्ता गर्ने निर्णय भएपछि सत्तागठबन्धनको प्रतिनिधित्व गर्दै प्रचण्ड र देउवाले ‌ओलीसँग वार्ता गरेका हुन्।

आज प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने तयारी छ। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिने सहमति जुटेको हो।

प्रकाशित: २४ असार २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =