प्रधानमन्त्रीले राजीनामा नदिने सत्ता गठबन्धनको निष्कर्ष

हिमाल प्रेस २१ असार २०८० ११:५३
4
SHARES
प्रधानमन्त्रीले राजीनामा नदिने सत्ता गठबन्धनको निष्कर्ष सत्तागठबन्धनको बैठक। फाइल तस्बिर

काठमाडौँ– सत्ता गठबन्धन दलहरूबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताबीच बिहीबार बिहान भएको छलफलमा यस्तो सहमति जुटेको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको विवादित अभिव्यक्तिबारे छलफल भएको छ। बैठकपछि नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत भएको बताए। बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको उनले जानकारी दिए।

‘बैठकले प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नको जवाफ दिनुहुन्छ। तर अहिलेकै अवस्थामा राजीनामा दिनु नपर्ने बैठकमा सहमति भएको छ,’ उनले भने। बैठकमा मिटर ब्याजसम्बन्धी विधेयकबारे पनि छलफल भएको उनले जानकारी दिए।

विपक्षी एमालेले प्रधानमन्त्रीको राजीनामा माग्ने नाममा उक्त विधेयक पास गर्न नदिएको पनि आरोप लगाए। ‘एमाले हिजो पनि मिटरब्याजपीडितहरूका पक्षमा थिएन र आज पनि छैन भन्ने तथ्य अहिलेको संसद अवरोधले देखाएको छ,’ उनले भने। मिटरब्याजसम्बन्धी विधेयक संसदबाट चाँडै पारित गरी कार्यान्वयन गर्ने पनि उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =