सञ्चारमाध्यमहरू भजनमण्डली बन्न हुँदैन : सञ्चारमन्त्री

हिमाल प्रेस २० चैत २०७९ ११:५५
4
SHARES
सञ्चारमाध्यमहरू भजनमण्डली बन्न हुँदैन : सञ्चारमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन्। सोमबार रेडियो नेपालको ७३ औँ स्थापना दिवसको अवसरमा बोल्दै उनले सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भनेर सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसद्मा प्रस्तुत भएको बताएकी हुन्।

उनले प्रसारण ऐन पारित भइसकेपछि सञ्चरमाध्यमहरूमा नयाँ वातावरण सिर्जना भएको बताइन्। ‘हामीले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐन थुप्रै कानुनहरू जुन हाम्रो अभाव छ, ती कानुनको तयारी हामीले मन्त्रालयमा विज्ञ साथीहरूसँग छलफल गरेर तयार गरिरहेका छौँ,’ उनले भनिन्, ‘यी सबैमा हामी कानुनी रूपमा अघि बढ्न खोज्दैछाँै। हामी अझै प्रभावकारी ढंगबाट अघि बढ्न जरुरी छ।’

प्रकाशित: २० चैत २०७९ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =