सिटीसामु निरीह बन्यो लिभरपुल

हिमाल प्रेस १८ चैत २०७९ १९:३३
12
SHARES
सिटीसामु निरीह बन्यो लिभरपुल लिभरपुलविरुद्ध गाेल गरेपछि खुसीयाली मनाउँदै म्यानचेस्टर सिटीका खेलाडी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले संघर्षरत लिभरपुलमाथि ४-१ को जित दर्ता गरेको छ। इत्तिहादमा शनिबार साँझ लिभरपुललाई सजिलै पराजित गर्न सिटीका युलियान अल्भारेज, केभिन डे ब्रुएना, एल्काइ गुन्डोवान र ज्याक ग्रिलिस एक-एक गोल गरे।

मोहम्मद सलाहले पहिलो हाफको १७ औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए। तर गोल खाएको १० मिनेटपछि नै सिटी अल्भारेजको गोलमार्फत खेलमा फर्किएको थियो।

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा थप आक्रामक देखिएको सिटीले तीन गोल थप्यो। दोस्रो हाफ सुरु भएको एक मिनेटपछि नै डे ब्रुएनाले गोल गरेका थिए। त्यसपछि सिटीले लगातार दुई गोल गर्‍यो। विजयी टिमका लागि ५३ औँ मिनेटमा गुन्डोवान र ७४ औँ मिनेटमा ग्रिलिसले गोल थपेका थिए।

गत सिजनको लिग उप-विजेता लिभरपुललाई पन्छाएपछि सिटीले पहिलो स्थानको आर्सनलसँगको दूरी पाँच अंकमा झारेको छ। सिटीको २८ खेलबाट ६४ अंक भएको छ भने आर्सनलसँग उति नै खेलबाट ६९ अंक छ।

आर्सनल शनिबार लिड्स युनाइटेडसँग भिड्दैछ। यो खेल जिते आर्सनलले फेरि दूरी आठ अंकमा पुर्‍याउनेछ। लिभरपुल भने २७ खेलबाट ४२ अंक बटुलेर छैटौँ स्थानमा यथावत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =