चितवन, तनहुँ र बारामा नै रास्वपाको जित निश्‍चित रहेको रविको दाबी

हिमाल प्रेस १८ चैत २०७९ १७:०३
8
SHARES
चितवन, तनहुँ र बारामा नै रास्वपाको जित निश्‍चित रहेको रविको दाबी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन, तनहुँ र बारामा हुन गइरहेको उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारको जित निश्‍चित रहेको दाबी गरेका छन्।

उपनिर्वाचनमा उम्मेदवार घोषणा गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले यस्तो बताएका हुन्।

‘स्वर्णिम वाग्लेले जित्नु भनेको देशले जित्नु हो। रमेश खरेलले जित्नु भनेको देशले जित्नु हो। हाम्रो पार्टीका सबै उम्मेदवारले जित्ने निश्चित छ,’ उनले भने।

रास्वपाबाट एक जना सांसद हटाइए पनि अबको उपनिर्वाचनमा एकको बदलामा तीन जना सांसद निर्वाचित भएर गरिमामय संसदमा उपस्थित हुने उनले बताए।

उपनिर्वाचनमा आफ्नो पार्टीका तीनै जना निर्वाचित हुने र आउने आम निर्वाचनमा रास्वपा देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्ने लामिछानेको भनाइ छ। सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता उम्मेदवारहरू रास्वपामा आउनु नै देशले सुशासन खोजिरहेको देखिएको स्पष्ट पारे।

‘उहाँहरूजस्ता क्षमतावान व्यक्तिहरू हामीसँग जोडिएकाले आउँदो आमनिर्वाचनमा हामी दुई तिहाइको सरकार बनाउनेछौँ र विषय विज्ञहरुले मन्त्रालय हाँक्नेछन् । यो देशबाट भ्रष्टाचार र घुसखोरी अन्त्य हुनेछ,’ उनले भने।

गठबन्धन गरेर निर्वाचनमा जाने परिपाटी गलत रहेको र उनले रास्वपा कहिल्यै पनि गठबन्धन गरेर चुनावमा नजाने उनले बताए।

वैशाखमा हुने उपनिर्वाचनमा बारा २ बाट रमेश खरेल, चितवन २ बाट लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्लेले उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित: १८ चैत २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =