लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी, कांग्रेसका चौधरी मुख्यमन्त्री बन्दै

हिमाल प्रेस १२ चैत २०७९ १३:०२
130
SHARES
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी, कांग्रेसका चौधरी मुख्यमन्त्री बन्दै

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएका छन्। नेकपा एमालेका बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीबाट मन्त्री बनेकाहरूले राजीनामा दिएका हुन्।

अब यहाँ नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्नेछन्। चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदले हस्ताक्षर गरिसकेका छन्। चौधरीले आज मुख्यमन्त्रीको रुपमा दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाउँदैछन्।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादीसहित जसपा र जनमत पार्टी सरकारमा थिए। नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए। अहिले फेरिएको सत्ता समीकरणअनुसार यी सबै दल एमालेका मुख्यमन्त्री गिरी नेतृत्वको प्रदेश सरकारको विपक्षमा छन्। मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ। राप्रपा मात्रै मुख्यमन्त्रीको दल नेकपा एमालेको पक्षमा उभिएको छ। पुस २७ गते २ स्वतन्त्र सहित ५८ सांसदको समर्थनमा एमालेका गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

माओवादीसहितका दलले समर्थन फिर्ता लिएसँगै गिरी सरकार अल्पमतमा परेको छ। अल्पमतमा परेकाले मुख्यमन्त्री एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मत नपाएको अवस्थामा गिरी नेतृत्वको सरकार ढल्छ। त्यसपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। अहिलेको आठदलीय गठबन्धनसँग प्रदेशसभाको स्पष्ट बहुमत छ। कांग्रेसका २७, माओवादी केन्द्रका १०, जसपाका ३, जनमतका ३, लोसपाका ३, नागरिक उन्मुक्ति पार्टीका ४ जना प्रदेशसभा सदस्य छन्। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत चाहिन्छ।

प्रकाशित: १२ चैत २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =