लगानी सम्मेलनको हल्लै बढी, बहुराष्ट्रिय कम्पनीले प्राथिमकतामै राखेनन्

रमेश भारती १४ वैशाख २०८१ १२:२४
48
SHARES
लगानी सम्मेलनको हल्लै बढी, बहुराष्ट्रिय कम्पनीले प्राथिमकतामै राखेनन्

काठमाडौँ- नेपालमा आगामी आइतबार र सोमबार लगानी सम्मेलन हुँदै छ। लगानी सम्मेलनका बारेमा तीन महिनायता बहुराष्ट्रिय कम्पनीहरूको आउने चर्चा थियो। तर आगामी साता हुने लगानी सम्मेलनमा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता न्युन हुने लगानी बोर्ड नेपालले जनाएको छ।

लगानी सम्मेलनमा भारतीय धनाड्य अडानी ग्रुपका अध्यक्ष गौतम अडानी, अलिबाबाका संस्थापक ज्याक मा, फेसबुकका संस्थापक मार्क जुकरवर्गलगायत ५० वटाभन्दा बहुराष्ट्रिय कम्पनीका मालिक तथा प्रतिनिधिले सहभागिता जनाउने बोर्डले चर्चा गर्दै आएको थियो।

लगानी सम्मेलनमा सहभागीका लागि विदेशी भने जम्मा ३७० वटाभन्दा बढी कम्पनीले स्टल बुक गरे पनि सबै मध्यम र साना कप्पनी मात्र भएको बोर्डले जनाएको छ। लगानी सम्मेलनमा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता न्युन हुने लगानी बोर्डले जनाएको छ।

लगानी सम्मेलनमा बहुराष्ट्रिय कम्पनी कोकाकोला, युनिलिभर, डाबर अमला, आईएफसी, विश्व बैंक, स्ट्याण्डर्ड चार्टर्ड सिंगापुर, यूएनडीपी एआईआईबी, एडीबी, र डिप्लोमेटिक मिसनका प्रतिनिधि मात्र आउने भएका छन्। बोर्डले ३ सयभन्दा बढी बहुराष्ट्रिय कम्पनीलाई लगानी सम्मेलनका लागि निम्तो पठाए पनि दुई दर्जनभन्दा बढी बहुराष्ट्रिय कम्पनीहरू मात्र सहभागी हुने लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हिमाल प्रेसलाई जानकारी दिए।

लगानी सम्मेलनका लागि बोर्डले १४ सय ७० वटा अन्तर्राष्ट्रियस्तरका साना-ठूला कम्पनीलाई निम्तो पठाएको थियो। निम्तो पठाइएकामध्ये ७ सय ५० वटाभन्दा बढी साना–ठुला कम्पनी सहभागी हुने पक्का भएको लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृत भट्टले बताएका छन्।

उनका अनुसार ५३ देशबाट नेपालीसहित ७ सय ८३ लगानीकर्ताले सम्मेलनमा सहभागी हुने पक्का भएको छ। सम्मेलनका लागि सरकारी र निजी क्षेत्रका गरी १५२ वटा आयोजना तयारी गरिएको उनले बताए।

‘सबै आयोजनालाई तीन क्षेत्रमा वर्गाीकरण गरिएको छ। पहिलो सूचना प्रविधि, कृषि, जलविद्युत, भौतिक पुर्वाधार, सडक, दोस्रोमा मझौला, साना जलविद्युत, खानेपानी, यातायात र तेस्रोमा साना उद्योग, कलकारखानालगायत पर्छन्,’ उनले भने, ‘लगानी सम्मेलनमा निजी क्षेत्रका ३१ वटा आयोजाना छन्। यी आयोजनालाई सबै त्यसरी नै वर्गीकरण गरिएको छ। निजी क्षेत्रका पनि जलविद्युतदेखि चुनढुंगासम्ममा आयोजना छन्। सबै लगानीका लागि तयार नै हुन्।’

लगानी सम्मेलनमा बहुराष्ट्रिय कम्पनीहरूको निम्तो पठाएअनुसार सहभागिता नभएको उनको भनाइ छ। लगानी सम्मेलनमा निम्तो पठाइएका विदेशी विजनेश टाइकुन कम्पनीहरू निम्तो पठाए पनि अहिलेसम्म आउन चासो नदेखाएको बोर्डले जनाएको छ।

नेपालमा विदेशी लगानी ल्याउन लगानी सम्मेलन गर्नु राम्रो पक्ष हो। तर कामभन्दा बढी हल्ला गर्ने प्रवृत्तिको विकास भएको अर्थविद् डा. विश्व पौडेल बताउँछन्। लगानी सम्मेलनमा बहुराष्ट्रिय कम्पनीहरू ल्याउन हल्ला सबैभन्दा बढी लगानी बोर्डले नै गरेको उनको आरोप छ।

‘लगानी सम्मेलनमा बहुराष्ट्रिय कम्पनीहरू थोरै भिर्‍याउनु सरकारको कमजोरी हो। लगानी सम्मेलनमा ठुला कम्पनी जति बढी आउँथ्ये उति नै लगानी आउने सम्भावना हुन्थ्यो’ उनले भने। लगानी सम्मेलनमा जति चर्चा थियो। त्यसरी लगानी सम्मेलनमा बहुराष्ट्रिय कम्पनीहरू नआउनुमा आयोजकको कमजोरी भएको उनको भनाइ छ।

अधिकांश चीन र भारतका कम्पनी

लगानी सम्मेलनमा दुई छिमेकी देश भारत र चीनका लगानीकर्ता धेरै सहभागी हुने बोर्डले जनाएको छ। सम्मेलनमा सबैभन्दा बढी चीनबाट २१५, भारतबाट ११३, अमेरिकाबाट ३२, जापानबाट २५, वेलायतबाट १४, बंगलादेशबाट १३, संयुक्त अरब इमिरेट्स(यूएई)बाट ११ र जर्मनीबाट १० कम्पनी सहभागी हुने बोर्डले जनाएको छ। भने, सम्मेलनमा २ सय ४१ नेपाली लगानीकर्ता हुने बोर्डले जनाएको छ।

सरकारले लगानी भिर्‍याउने उद्देश्यले नेपालममा तेस्रो पटक सम्मेलन गर्न लागेको हो। सन् २०१७ र २०१९ मा पनि लगानी सम्मेलन गरेको थियो। लगानी सम्मेलनमा विभिन्न देशका राजदूत, कुटनीतिक प्रतिनिधि, विभिन्न क्षेत्रका सरोकारवाला संस्था र विज्ञहरू पनि सहभागी हुने बोर्डले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८१ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =