विदेशीले नेपालमा कल्चर सेन्टर खोले, हामीले पनि केही गर्न सक्नुपर्छ : मन्त्री किराती

हिमाल प्रेस ४ चैत २०७९ १७:४६
4
SHARES
विदेशीले नेपालमा कल्चर सेन्टर खोले, हामीले पनि केही गर्न सक्नुपर्छ : मन्त्री किराती फाइल तस्बिर।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।

अबको नेपालको पर्यटन नेपालीपनसहितको हुनुपर्ने उनको भनाइ छ।

‘हामीले अहिलेसम्म पर्यटन नीति बनाउन सकेनौं। हाम्रो संस्कृति नीति बनाउनै सकेनौं। सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो। चाइनिज कल्चर सेन्टरसँग नेपालमा। स्पेनिस कल्चर सेन्टर छ नेपालमा। ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा। तर नेपालको त केही पनि छैन। उसको चाहीँ यहाँ पनि छ,’ उनले भने, ‘हाम्रो चाँही केही पनि छैन। अब हामीले पनि केही गर्नुपर्छ।’

मन्त्री किरातीले नेपाली संस्कृति रिसर्च गर्ने सेन्टर स्थापना गर्नुपर्ने बताउँदै यस्ता क्षेत्रहरू नहुँदा नेपाली कला संस्कृति लोप हुने चिन्ता व्यक्त गरे।

‘यस्तो अनुसन्धानको क्षेत्रमा हामीले कति पनि काम गरेका छैनौं। अहिले म भन्दैछु-अबको पर्यटन भनेको चाँही प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ। रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =