देउवामाथि किन भद्दा मजाकमा उत्रिए पर्यटनमन्त्री किराती?

हिमाल प्रेस १८ फागुन २०८० १२:४६
34
SHARES
देउवामाथि किन भद्दा मजाकमा उत्रिए पर्यटनमन्त्री किराती?

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लक्षित भद्दा टिप्पणी गरेका छन्।

बिहीबार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा सात पटकसम्म प्रधानमन्त्री हुनेकुरा चिनामै लेखिसकेको भन्दै अमर्यादित टिप्पणी गरेका हुन्।

सार्वजनिक कार्यक्रममै मन्त्रीले पूर्वप्रधानमन्त्री लक्षित भद्दा टिप्पणी गर्नु आफैँमा अशोभनीय हो। तर नेपाली राजनीति वृत्तमा यस प्रकारका घटनाक्रमलाई सामान्य रुपमा लिने गरिन्छ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले वायुसेवा सञ्चालक संघ, नेपालमा क्याप्टेन रामेश्वर थापाले चार पटकसम्म संघको नेतृत्व गरेको प्रसंग निकाल्दै नेपालमा सबै पदहरु लामै खाने चलन रहेको टिप्पणी गरे।

नेपालमा मन्त्री पनि लामो समयसम्म भइरहन पाए हुने र प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखयो भन्दै आफ्नो धारणा राखे। पछिल्लो वाक्यमा केही वाक्यांश मिलाएर मन्त्री किराँतीले कतिपय स्थानमा आवश्यकता र बाध्यताले पनि हुनसक्ने बताए।

उनले वायुसेवा सञ्चालक संघ, नेपालमा सर्वसम्मतिले नेतृत्व चयन भएको भन्दै उनले पद छोड्नेले सानो मन गर्न नहुनेसमेत बताए। उनले केही उदाहरण दिँदै गौतमबुद्धले दरबार त्यागेर ठूलो भएको, नेल्शन मण्डेला एकपटक मात्रै राष्ट्रपति भएर पद त्याग्दा ठूलो भएको पनि बताए।

उनले पुनः देउवाप्रति लक्षित गर्दै सातपटक प्रधानमन्त्री भइसक्दासमेत अत्तोपत्तो नभएको भन्दै भद्दा टिप्पणी गरे।

उनले भने, ‘चारपटक रामेश्वर सरले सञ्चालन गर्नुभएछ। यसको जन्मकालदेखि अहिलेसम्म २३ वर्ष भएछ। २३ वर्षको अवधिमा। हुनतः नेपालमा सबै पदहरु लामै खाने चलन छ। हाम्रो देशमा मन्त्री पनि लामै खान पाए हुन्थ्यो, प्रधानमन्त्री पनि सात पटकसम्म चिनामा देखि नै सक्यो। तर, यहाँ सातपटक प्रधानमन्त्री भइसक्यो। अत्तोपत्तो छैन।’

उनले हवाई क्षेत्रबिना पर्यटनको परिकल्पना गर्न नसकिने बताए। उनले नेपालमा निजी क्षेत्रको व्यवसाय र लगानी भए पनि बजारमुखी नभएको जिकिर गरे। उनले ऐन, कानुन परिमार्जन गरी प्रणालीमा सुधार गर्नसके पर्यटन क्षेत्रमा धेरै ठूलो फड्को मार्नसक्ने बताए।

प्रकाशित: १८ फागुन २०८० १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =