उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

हिमाल प्रेस २८ फागुन २०७९ ७:१२
10
SHARES
उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौँ- उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज (आइतबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। त्यसअघि उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिने कार्यतालिका छ।

आयोगको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली अपराह्न ४ बजेदेखि ५ बजेसम्म प्रकाशित गरिनेछ। उपराष्ट्रपति पदका लागि चार नेताले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला यादव, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा छन्। यादवद्वय र झा १० दलीय गठबन्धनका नेताहरू हुन्।

उपराष्ट्रपतिका लागि संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघीय संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी कुल ८८४ मतदाता रहनेछन्।

प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक सदस्य रिक्त रहेको छ। विद्यमान कानुनअनुसार संघीय संसद्का प्रति सदस्यको ७९ मतभारका दरले २६ हजार ४०० र प्रदेशसभा सदस्यको प्रति सदस्य ४८ मतभारका दरले २६ हजार ३८६ गरी कुल ५२ हजार ७८६ मतभार कायम हुनेछ।

उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ। राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =