उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

हिमाल प्रेस ३ चैत २०७९ १६:३५
10
SHARES
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौँ– उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार पाए। उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई बहुमतसहित निर्वाचित भएका हुन्।

शुक्रबार भएको निर्वाचनमा संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ गरी निर्वाचनमा ८२९ सांसदले मतदान गरेका थिए।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको थियो। उपराष्ट्रपति पदका उम्मेदवारमा यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार थिए।

निर्वाचनमा राप्रपा र नेमकिपा मतदान प्रक्रियामा सहभागी भएनन्। यादव सत्तागठबन्धन तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − seven =