उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

हिमाल प्रेस ३० असोज २०८३ २०:०७ | Friday, October 16, 2026
8
SHARES
उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानसेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार दुवै जनाबीच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो।

त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिका र भोटेकोशी बाढीले निम्त्याएको विपत्तिमा सेनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे।

प्रधान सेनापति सिग्देलले देशभरको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा र शान्तिसुरक्षाको वर्तमान अवस्था तथा भोटेकोशी विपत्तीमा सेनाले गरेको उद्धार कार्यबारे जानकारी गराएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

प्रकाशित: ३० असोज २०८३ २०:०७ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast