उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म खस्यो ६१० मत

हिमाल प्रेस ३ चैत २०७९ १२:१३
10
SHARES
उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म खस्यो ६१० मत

काठमाडौँ- संघीय संसद् नयाँ बानेश्वरमा भइरहेको उपराष्ट्रपति निर्वाचनअन्तर्गतको मतदानमा मध्याह्न १२ बजेसम्म ६१० जनाले मतदान गरेका छन्। संघतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

उपराष्ट्रपति निर्वाचनका लागि आज (शुक्रबार) बिहान १० बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ। निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव, प्रमिला कुमारी र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन्। प्रमिला कुमारीले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको छ। संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ।

निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित: ३ चैत २०७९ १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =