रास्वपाले खुलायो राष्ट्रपतिमा रामचन्द्र रोज्नुको कारण

हिमाल प्रेस २६ फागुन २०७९ १०:११
46
SHARES
रास्वपाले खुलायो राष्ट्रपतिमा रामचन्द्र रोज्नुको कारण फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिनुको कारण खुलाएको छ।

पार्टी महामन्त्री मुकुल ढकालले आफूहरू पार्टीविहीन व्यक्तिको खोजीमा रहेको तर त्यस्तो पात्र नभएपछि पौडेललाई मत दिएको बताएका हुन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीले यो वा त्यो पात्रलाई मत दिन नभनेको बताएका छन्। तर पार्टीका सबै सांसदले एकै पात्र रोजेको खुलाएका हुन्।

उनले गणतन्त्रको सिद्धान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिष्कार गर्नु उपयुक्त नभएकैले निर्वाचनमा भाग लिएको समेत प्रस्ट्याएका छन्।

‘स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरूबीच भएको छलफलपछि आफ्नो विवेकको प्रयोग गरी पार्टीको बिनाकुनै दबाब नै मतदान गर्नु भएको हो। उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनुभयो, जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ,’ ढकालले भनेका छन्।

उनले पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित रहेको उल्लेख गरेका छन्। भिन्दाभिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देश समेत जान सक्ने भएकाले एकै उम्मेदवारलाई मतदान गरिएको उनको प्रस्टीकरण छ।

‘रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागि रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो। पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन,’ प्रवक्ता ढकालले भनेका छन्।

उनले बाँकी अवस्थामा मतभारका आधारमा रास्वपा जेजति गर्न हिँडेको हो त्यसमा हौसला आवश्यक र मार्गदर्शन पाइरहने विश्वास लिएका छन्। रास्वपाले बिहीबार मात्रै राष्ट्रपतिका विषयमा निर्णय गरेको थियो।

पार्टीले रामचन्द्रलाई मत हाल्ने निर्णय गरे पनि पार्टीले सार्वजनिक गरेको भने थिएन। निर्वाचन आयोगको आचारसंहिताका कारण खुलाउन नमिल्ने रास्वपाले बताएको थियो। रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रोज्नुको कारण सत्तामा जान चाहेको भन्दै आलोचना भएको थियो। यही कारण महामन्त्री ढकालले स्पष्टीकरण दिएका हुन्।

प्रकाशित: २६ फागुन २०७९ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =