ईपीएस आवेदनको दस्तुर आइएमई पेबाट तिर्न सकिने

हिमाल प्रेस २४ फागुन २०७९ १७:०९
2
SHARE
ईपीएस आवेदनको दस्तुर आइएमई पेबाट तिर्न सकिने

काठमाडौँ- आइएमई पे र वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाबीच सम्झौता गरिएको छ। सम्झौता अनुसार ईपीएस कोरिया शाखामार्फत नेपाली श्रमिकलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी प्रवर्द्धनको काम आइएमई पेले गर्नेगरी सम्झौता गरिएको हो।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले नेपाली श्रमिकहरूलाई कोरिया पठाउँदै आएको छ। सोही प्रक्रियाका लागि आवेदन दस्तुरलगायतका दस्तुरहरू आइएमई पेबाट भुक्तानी गर्न सकिने सम्झौतामा उल्लेख छ।

प्रकाशित: २४ फागुन २०७९ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =