स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच सम्झौता

हिमाल प्रेस २४ फागुन २०७९ १६:१७
48
SHARES
स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच सम्झौता

काठमाडौँ- स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरिएको छ। सम्झौतासँगै मोबाइल बैंकिङ एप एचआई– एमबिमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालन गर्न सकिने भएको छ।

सम्झौताअनुसार मोबाइल बैंकिङ एप एचआई– एमबि प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायत स्मार्ट क्यूआरमा आबद्ध मर्चेन्टहरूको कारोबारमा डिजिटल भुक्तानी गर्न सक्ने छन्।

त्यस्तै हिमालयन बै‌कका मर्चेन्टहरूले पनि स्मार्ट क्यूआरमा आबद्ध बैंक तथा वित्तीय संस्थाका ग्राहकमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्। इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्स्याेट गरिने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने बैंकले बताएको छ। सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानी क्षेत्रमा टेवा पुग्ने आशा गरिएको दुई पक्षको भनाइ छ।

प्रकाशित: २४ फागुन २०७९ १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =