महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

हिमाल प्रेस २३ फागुन २०७९ १७:४५
6
SHARES
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले नेपाल प्रहरीलाई सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी परिसर टेकुलाई सहयोग गरेको हो।

बैंकको दरबारमार्ग शाखाले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको हो।

मालीगाँउ वडा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप बलियो बनाउन र रात्रिकालीन समयमा प्रहरीलाई चेकिङ गर्न सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको बताएको छ।

त्यस्तै बैंकको शंखमूल शाखाले जिल्ला प्रहरी परिसर टेकुलाई फ्लोरेशन ज्याकेट हस्तान्तरण गरेको हो। रात्रिकालिन समयमा सडकमा खटिएका प्रहरीहरूको जोखिम व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकको भनाइ छ।

प्रकाशित: २३ फागुन २०७९ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =