फेरि फुट्यो उपेन्द्र यादवको जसपा नेपाल

हिमाल प्रेस २७ वैशाख २०८१ १६:५०
104
SHARES
फेरि फुट्यो उपेन्द्र यादवको जसपा नेपाल

काठमाडौँ-  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ। अशोक राईको नेतृत्वमा नयाँ दल बनेको एक साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिमलगायतको समूह पनि अलग भएको हो।

माखिम नेतृत्वको संघीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो। उनीसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्राडा महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा बनाएका छन्।

उनले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाएका छन्।

उपप्रधानमन्त्री यादवलाई प्रश्न : जसले पार्टी फुटाइदियो, उसैको नेतृत्वको सरकारमा कहिलेसम्म? [अन्तर्वार्ता]

फुट्यो जसपा नेपाल, अशोक राईको नेतृत्वमा नयाँ पार्टी

प्रकाशित: २७ वैशाख २०८१ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =