बाल गायक खोज्दै ‘सिटामोल’ टिम

हिमाल प्रेस २७ वैशाख २०८१ १६:४१
36
SHARES
बाल गायक खोज्दै ‘सिटामोल’ टिम

काठमाडौँ-  फिल्म ‘सिटामोल’ मा समावेश गीतको लागि निर्माण टिमले दुई बाल गायकको खोजी गरेकाे छ। टिमले पश्चिमेली लोक शैली र  क्लासिकल गीत गाउन सक्ने बाल गायकलाई आवेदन खुलाएकाे छ।

पश्चिमेली लोक शैलीको (देउडा) गीत गाउन सी सार्प (c#) सम्मको आवाज भएको र हल्का क्लासिकल शैलीको आवाजमा नोट एफ (F) देखि एफ सार्प (F#) सम्म आवाज पुग्ने हुनुपर्ने निर्माण टिमले जनाएको छ।

टिमका अनुसार आवेदकले सुरुमा कुनै गीत गाएर पोस्टरमा भएको हृयाट्स्एप नम्बरमा पठाउनु पर्नेछ। आवेदन पठाउने मिति अन्तिम मिति आगामी जेठ पाँच गतेसम्म रहेको  छ।

आएका आवेदनमार्फत आयोजकले उत्कृष्ट  पाँच/पाँच जना आवाज छनोट गर्ने छ। र उनीहरुलाई गाउनु पर्ने गीतको डमी पठाइने र  त्यसमध्ये एक एक जनालाई छनोट गरिनेछ।

राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को काठमाडौँका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको छ।

आगामी तीजमा प्रदर्शन गर्ने तयारी रहेको फिल्मको कथावस्तु माओवादी जनयुद्धमा आधारित छ।

फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। सहायक भूमिकामा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीलगायतको अभिनय छ।

दिव्य सुवेदीले छायांकन गरेको फिल्मको कथा निर्देशक साने स्वंयको छ। फिल्मको गीतमा बाबुल गिरीको संगीत रहनेछ।

फिल्मका निर्माता भुगोल कुमार कार्की हुन भने कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन्। फिल्म तुलसी देवी फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: २७ वैशाख २०८१ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =