पीएनजीमाथि नेपालको रोमाञ्चक जित

हिमाल प्रेस १९ फागुन २०७९ १९:०५
48
SHARES
पीएनजीमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ- आईसीसी लिग-२ अन्तर्गत नेपालले पपुवान्युगिनीमाथि रोमाञ्चक जित दर्ता गरेको छ। दुबईमा शुक्रबार भएको खेलमा पपुवान्युगिनीमाथि ३ विकेटले जित हात पारेको हो।

खेलमा ओपनर आसिफ शेखले नटआउट ८६ र सातौ विवेट गुमेपछि आएका सन्दीप लामिछानेले ३५ रन बनाए। नेपालका लागि कुशल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक नै बनाउन सकेनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले १७९ रनमा सीमित भएको थियो।
पीएनजी ४९.२ ओभरमा १७९ रनमा अलआउट भएको थियो। पीएनजीका लागि ओपनरद्वय टोनी उरा, किप्लिन डोरिगा र हिरी हिरीबाहेकका ब्याट्सम्यानले उल्लेखनीय रन जोड्न सकेनन्। यी दुईले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए। डोरिगा २६ रन बनाएर ११ औँ ओभरमा आउट भएका थिए। उनी सन्दीप लामिछानेको बलमा पभेलियन फर्किए।

अर्का ओपनर टोनी उरा २२ औँ ओभरसम्म टिके। सोमपाल कामीको बलिङको शिकार हुनुअघि उनले ३९ रन जोडेका थिए। मध्यक्रमका हिरी हिरीले ६३ बलमा ३१ रन जोडे। उनलाई दिपेन्द्रले ज्ञानेन्द्र मल्लमार्फत क्याच आउट गराएका थिए।

पीएनजीका कप्तान आसाद भाला र सेसे बाउ ११–११ रनमा समेटिँदा चाड सोपर र रिले हेकुरेको नाममा नौ–नौ रन रह्यो। तल्लोक्रमकै नोर्मान भानुआ १४ रन बनाएर आउट भए।

सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीपबाहेक नेपालका लागि विकेट लिनेमा करण केसी र कुशल मल्ल रहे। दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई–दुई विकेट लिए।

दुबुईमा जारी शृंखलामा नेपाल पीएनजीलाई दोस्रो पटक हराएको हो। गत सोमबार पनि नेपालले पीएनजीलाई चार विकेटले पाखा लगाएको थियो। त्यस खेलमा गुल्शन झाले तीन विकेट लिएको थिए। जो आजको खेलका लागि टिममा परेनन्। उनको स्थानमा भीम शार्कीले मौका पाएका छन्।

गत मार्च, २०२२ मा यूएईमै भएकाे शृंखलामा नेपालले पीएनजीलाई पहिलाे खेलमा दुई र दाेस्राे खेलमा सात विकेटले पराजित गरेकाे थियाे। त्यसबेला नेपालसँग हारे पनि पीएनजीले यूएईलाई भने एक खेलमा जित ६ विकेटले स्तब्ध बनाउन सक्याे। गत मंगलबार पनि पीएनजीले यूएईलाई १३१ हराएको थियो।

उता नेपालले भने जारी शृंखलामा यूएईसँगकाे पहिलाे खेलमा पराजय भाेगेको थियो। बिहीबार यूएईसँग हारेसँगै नेपालको पाँच जितको शृंखला अन्त्य भएको थियो। घरेलु भूमिमा चार र यूएईमा पीएनजीलाई पन्छाएकाे नेपालले लिग-२ मा पहिलो पटक त्यत्तिको लामो जित लय कायम गरेको थियो। त्यसअघि नेपालले लगातार दुईभन्दा बढी खेल जितेको थिएन।

प्रकाशित: १९ फागुन २०७९ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twelve =