विद्यादेवी भण्डारी एमालेको मात्रै राष्ट्रपति हुनुभयो : राष्ट्रियसभा उपाध्यक्ष

हिमाल प्रेस १८ फागुन २०७९ १५:४५
12
SHARES
विद्यादेवी भण्डारी एमालेको मात्रै राष्ट्रपति हुनुभयो : राष्ट्रियसभा उपाध्यक्ष

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।

बिहीबार सिंहदरबारमा संसदीय पत्रकारहरूसँगको कुराकानीमा उनले एमालेले जुनसुकै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विधेयक पास नगर्ने गरेको आरोप लगाएकी हुन्।

‘राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावकको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ, एकचोटि फर्काउनु ठीक छ, तर दोस्रोपटक पठाएपछि पनि फर्काउनु संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र?,’ उनले भने, ‘संवैधानिक पदमा रहेका व्यक्तिहरूले राम्रोसँग मर्यादा राख्न सकेनौँ भने भोलि नजिर गलत तरिकाले जान्छ। आन्दोलनबाट प्राप्ति गरेका कुराहरूमा प्रश्न उठ्छ। राष्ट्रहितलाई सर्वोच्चतामा रोखर काम गर्नुपर्छ।’

उनले नागरिकता विधेयक राष्ट्रपतिले संसद्बाट दुईपटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको दाबी गरिन्।

प्रकाशित: १८ फागुन २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =