प्रदेश १ को नाम किरात सगरमाथा नराखे आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

हिमाल प्रेस १७ फागुन २०७९ २०:१५
474
SHARES
प्रदेश १ को नाम किरात सगरमाथा नराखे आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी प्रदेश १ सभामा प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा छलफल भइरहँदा सभा भवनबाहिर विरोध प्रदर्शन गर्दै किरात र लिम्बू समुदायका स्थानीयवासी। फाइल तस्बिर-विवेक विवश रेग्मी/हिमाल प्रेस

काठमाडौँ– प्रदेश १ को नाम ‘किरात सगरमाथा’ नराखे आन्दोलन गर्ने किरात मोर्चाले चेतावनी दिएको छ। केन्द्रीय अध्यक्ष मिसेकहाङ किरातले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

‘यदि योबाहेक अन्यथा हुन गएमा अस्वीकार गर्दै शसक्त प्रतिरोध गर्न आन्दोलनमा जाने घोषणा गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

प्राचीन किरात भूमि रहेको प्रदेश १ किरातको पहिचान, इतिहास र सभ्यतासँग जोडिएकाले किरात समुदायको प्रतिनिधित्व हुने गरी प्रदेशको नामकरण हुनुपर्ने मोर्चाले जनाएको छ।

प्रकाशित: १७ फागुन २०७९ २०:१५

प्रतिक्रिया

One thought on “प्रदेश १ को नाम किरात सगरमाथा नराखे आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

  1. यहाँहरू चाहिँ ठीक, अरू सब बेठीक ? बहुमतले निर्णय गर्याे, सकियाे । यहाँहरूले यसै नामलाइ राजनीति गरेर बसिरहनुभएकाे छ, तर तपाइँहरूकाे राजनीतिक साइज अर्थात् जनमत त देखिएन नि । काँग्रेस, एमालेहरू नै लाेकप्रिय देखिए, हाेइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =